प्रतिकित्ता ७३५ रूपैयाँमा महुली लघुवित्तले ३ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थापक शेयर बिक्री गर्ने भएको छ । लघुवित्तले पौष ४ गतेदेखि संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गर्ने भएको हो ।
लघुवित्तले संस्थापक समूहको ३ हजार ५ सय कित्ता शेयरहरू लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो । उक्त शेयरको न्यूनतम मूल्य ७ सय ३५ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले पौष ४ गते, आइतबारदेखि पौष ११ गतेसम्म न्युनतम ५ सय कित्ता र अधिकतममा सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लघुवित्तको संस्थापक शेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।
