लाभांश वितरण गर्ने प्रस्ताव सहित ४ कम्पनिको साधारण सभा आज हुदै

काठमाडौं । आज ४ कम्पनिको साधारण सभा हुदैछ । यस दिन दुई बैंक सहित ४ कम्पनिले आज साधारण सभा गदैछन् ।आज मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक , सोल्टी होटल र ग्लोबल आइएमई लघुवित्तले सभा गर्न लागेका हुन ।
मेगा बैंकको आज हुने साधारण सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट हालय काय चुक्ता पुजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २.०७ नगद प्रतिशत गरि कुल १२.०७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि बैंकले मंसिर १४ गते बुक क्लोज गरेको थियो । तसर्थ मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउने छन् ।बैंकले ११ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ः१५ बजेबाट गर्ने छ ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकको केन्द्रीय कार्यालय नयाँ बानेश्वरमा हुने साधारण सभाले १३.०६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तवात पारीत गर्ने छ । साधारण सभाले १० प्रतिशत बोनस सेयर र कर सहित ३.०६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक्ले साधारण सभा तथा लाभांश प्रयोजनको लागि मंसिर १० गते बुक क्लोज गरेको थियो । तसर्थ मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले पाउँनेछन् ।
ग्लोबल आइएमई लघुवित्तले आज हुने साधारण सभाले २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।त्यसैगरी आज सोल्टी होटलले पाि साधारण सभा गदैछ । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने छ ।