नेप्सेमा सकारात्मक सर्किट, ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । कारोबार खुलेको २ घण्टामै ५ प्रतिशतले बढेपछि शेयर बजार बन्द भएको छ । दुई घण्टा नपुग्दै पहिलो सकारात्मक सर्किट लागेर ४० मिनेटको लागि शेयर बजार बन्द भएको हो ।
आज कारोबार खुलेको १ घण्टा ४५ मिनेटमै बजार १ सय १४ अंकले बढेर परिसुचक २३९५.९२ अंकमा पुगेको छ ।