सेन्ट्रल फाइनान्सको ११ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फाइनान्सले हाल कायम चुक्ता पूँजीको ७.७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ३.३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फाइनान्सले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
