पोखरा फाइनान्सको २१.०५२ प्रतिशत लाभांश घोषणा « Arthapath.com
२ पुष २०७८, शुक्रबार

पोखरा फाइनान्सको २१.०५२ प्रतिशत लाभांश घोषणा



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सको पौष १ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फाइनान्सले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्