रिलायन्स फाइनान्सद्धारा १५.७९ प्रतिशत लाभांश घोषणा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सको पौष २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
फाइनान्सको हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फाइनान्सले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपश्चात र फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।
रिलायन्स फाइनान्स अघिल्लो आर्थिक बर्षमा कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो । जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत लाभांश शेयरधनीहरुलाई दिएको थियो ।
