बिना लाभांश मानुषी लघुवित्तले बोलायो साधारण सभा « Arthapath.com
८ पुष २०७८, बिहीबार

बिना लाभांश मानुषी लघुवित्तले बोलायो साधारण सभा



काठमाडौं । बिना लाभांश मानुषी लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ । लघुवित्तले पुस २९ गते तेस्रो साधारण सभा डाकेको छ ।

साधारण सभा लहरीखर्क रिसोर्ट साँगा, काभ्रेपलाञ्चोकमा बिहान १० :३० बजेबाट सुरु हुने छ । साधारण सभाले आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने जस्ता प्रस्तावलाई पेश गर्ने छ ।

साधारण सभाले कुनै पनि लघुवित्त वित्तीय संस्थासँग एक आपसमा गाभ्ने ÷ गाभिने तथा प्राप्ति हुने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।

साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले पुस १८ गते बुक क्लोज मिति तय गरेको छ । तसर्थ पुस १७ गते सम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले सभामा सहभागी हुन सक्नेछन् ।

लघुवित्तले यहि साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ७५ हजार रुपैयाँ बराबरको तीन करोड ९३ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्