७ जीवन बीमाको लाभांशः एशियनको सर्वाधिक २७ प्रतिशत, सबै भन्दा कम रिलायन्सको ५.२६ प्रतिशत

काठमाडौं । बीमा समितिका अनुसार १९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् । जसमा ६ कम्पनीले आईपीओ जारी नगरेकाले नेप्सेमा सूचीकृत छैनन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुमध्ये हालसम्म ७ वटा जीवन बीमा कम्पनीले आर्थिक बर्ष २०७६–७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेका छन् ।
हालसम्म एशियन लाइफ, रिलायन्स लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, गुराँस लाइफ, ज्योति लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा धेरै लाभांश एशियन लाइफले २७ प्रतिशत वितरण गर्ने भएको छ । त्यस्तै, सबैभन्दा कम लाभांश रिलायन्स लाइफले ५.२६ प्रतिशत वितरण गर्ने भएको हो ।
गुराँस लाइफले आर्थिक वर्ष २०७५–७६ को लाभांश प्रस्ताव गरेको छ भने बाँकीले आर्थिक वर्ष २०७६–७७ को लाभांश घोषणा गरेका छन् । गुराँस लाइफले आर्थिक बर्ष २०७५–७६ को मुनाफाबाट ५.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२९ प्रतिशत नगद गरी कूल ५.७८ प्रतिशत लाभांश वितरण गर्नेछ ।
त्यस्तै, आर्थिक बर्ष २०७६–७७ को मुनाफाबाट प्राइम लाइफले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद गरी कूल १५.७८ प्रतिशत, एशियन लाइफले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २ प्रतिशत नगद गरी कूल २७ प्रतिशत, सूर्या लाइफले १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६७ प्रतिशत नगद गरी कूल १३.३६ प्रतिशत, ज्योति लाइफले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ५.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत, लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ नगद गरी कूल २१.०५२ प्रतिशत र रिलायन्स लाइफले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।
S.N. | Company Name | Bonus | Cash | Total |
1 | Reliance Life Insurance | 5.2632 | 5.2632 | |
1 | Jyoti Life Insurance | 5.00 | 5.5263 | 10.5263 |
3 | Prime Life Insurance | 15.00 | 0.87 | 15.87 |
4 | Surya Life Insurance | 12.7 | 0.6684 | 13.3684 |
5 | Asian Life Insurance | 25.00 | 2.00 | 27.00 |
6 | Life Insurance Corporation (Nepal) | 20.00 | 1.0526 | 21.0526 |
7 | Gurans Life Insurance | 5.5004 | 0.2895 | 5.7899 |