नेपाल पुनर्बीमा कम्पनीको साधारण सभाले गर्यो १९ प्रतिशत लाभांश पारीत

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको ६ औं साधारण सभा सम्पन्न भएको छ । आज कार्की ब्याङ्क्वेट, बबरमल, काठमाडौंमा कम्पनिको ६ औं साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाले हाल कायम चुक्ता पुजीको रुपैयाँको १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद लाभांश गरी कुल १९ प्रतिशत लाभांश पारित गरेको छ ।
सभाले आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी २०७७ असार मसान्तसम्मको वासलात, आव २०७६/०७७ को नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता विवरण संग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनिले पुस १४ गते बुक क्लोज गरेको थियो । तसर्थ पुष १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले १९ प्रतिशत लाभाशं पाउने छन् ।