नेशनल माइक्रोफाइनान्सको ४५ प्रतिशत लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षीत गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणको लागि पुस २७ गते एक दिन बुक क्लोज गर्न भएकाले पुस २६ गते अर्थात आज सोमबारसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले ४५ प्रतिशत लाभांश पाउने छन् ।
लघुवित्त संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट ४० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ५ प्रतिशत नगद लाभांश गरि ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
माघ ६ गते विहान क्रिक रिसोर्ट धादिङबेशी धादिङमा हुने ८ औं साधारण सभाले प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्ने छ ।