इन्फिनिटी लघुवित्तको ५ औं साधारण सभा सम्पन्न, २९.१६ प्रतिशत लाभांश पारीत

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ औं साधारण सभा सम्पन्न भएको छ । पुस २७ गते हिजो होटल द नारायणी, गैडाकोट, नवलपरासीमा लघुवित्तको ५ औं साधारण सभा सम्पन्न भएको हो ।
सभाले संचालक समितिले प्रस्ताव गरेबमोजीम २९.१६ प्रतिशत लााभंश वितरण गर्ने प्रस्ताव पारीत गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पुजीको २७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजवनको लागि १.४६ प्रतिशत नगद लाभांश गरि कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
साधारण सभाले हाल कायम ५० करोड रुपैयाँ अधिकृत पूँजीलाई १ अर्ब रुपैयाँ पु–याउने तथा अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई प्राप्त गर्ने या मर्जरमा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पारीत गरेको छ ।
त्यसैगरी गत आर्थिक वर्ष ०७७÷७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि पारीत गरेको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि लघुवित्तले पुस १५ गते बुक क्लोज गरेको थियो । तसर्थ पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरुले २९.१६ प्रतिशत लाभांश पाउनेछन् ।
