किसान लघुवित्तले ९ करोड ८२ लाख रुपैयाँ लाभांश वितरण गर्ने

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । आइतबार बसेको संचालक समितिको बैठकले २५ प्रतिशत लाभांश घोषणा गरेको हो ।
आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट हाल कायम चुक्ता पुजी ३९ करोड २८ लाख ८ हजार ७ सय रुपैयाँको २५ प्रतिशत बोनश शेयरले हुने ९ करोड ८२ लाख २ हजार १ सय ९४ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने छ ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भएपछि साधारण सभाले पारीत गरेपछि शेयरधनीहरुले पाँउनेछन् ।
