२२ करोडको आईपीओ निष्काशन गर्न अनुमति पाएका ३ लघुवित्तको अवस्था कस्तो ?

काठमाडौं । आईपीओ निष्काशनको लागि ३ लघुवित्तले अनुमति पाएका छन् । हिजो आइतबार राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था, नेष्डो समुद्धि लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था गरि ३ लघुवित्त कम्पनिले २२ करोड ७५ हजार रुपैयाँको २२ लाख ७ सय ५० कित्ता आईपीओ निष्काशनको लागि अनुमति पाएका हुन ।
१ राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्था
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएसंगै राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्थाले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । लघुत्तिले गत असार २४ गते बोर्डमा निवेदन दिएको हो । शेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआएविएल एस क्यापीटल रहेको छ । काभ्रेको साँगामा केन्द्रीय कार्यालय रहेको लघुवित्तले देशका विभिन्न ३६ जिल्लामा रहेका ८५ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।
२. नेष्डो समुद्धि लघुवित्त वित्तीय संस्था
नेष्डो समुद्धि लघुवित्त वित्तीय संस्थाले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर जारी गर्नेछ । आईपीओ निष्काशन गर्न बोर्डमा गत असारमा आवेदन दिएको थियो । लघुवित्तले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापीटल लिमिटेडलाई नियुक्त गरेको छ । पर्वतको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको लघुवित्तले ५६ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ । १७ करोड २१ लाख २५ हजार चुक्ता पूँजी रहेको लघुवित्तको आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी २५ करोड ४६ लाख रुपैयाँ पुग्नेछ ।
३. जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । बोर्डमा गत असार २० गते बोर्डमा आवेदन दिएको थियो । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापीटल लिमिटेड छ । कास्की जिल्लाको पोखरा महानगरपालिकाको सिमलाचौरमा प्रधान कार्यालय भई हाल २० जिल्लामा ७४ वटा कार्यलय मार्फत वित्तिय सेवा प्रदान गदै आएको छ । हाल वित्तीय संस्थाको १९ वटा जिल्लाहरुमा ७४ वटा शाखा कार्यालयहरु रहेको र सो शाखाहरु मार्फत करिब ८६ हजार सदस्यहरुलाई लघुवित्त सेवा प्रवाह गरिरहेको छ । हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा सो शेयर निष्काशन गरेपछि लघुवित्तको चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्नेछ ।