एशियन लाइफको २५ प्रतिशत बोनश शेयरपछिको शेयरमूल्य समायोजन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको शेयरमुल्य समायोजन भएको छ । आज बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो ।
इन्स्योरेन्सको २५ प्रतिशत बोनश शेयरपछिको शेयरमुल्य समायोजन भएको हो । समायोजनपछि इनस्योरेन्सको शेयरमुल्य १ हजार ७५ रुपैयाँ ६० पैसा कायम भएको छ । हिजो इन्स्योरेन्सको शेयर १ हजार ३ सय २२ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । नेप्सेले बुधबारको अन्तिम कारोबारको आधारमा नेप्सेले समायोजन गरेको हो ।
इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ सम्मको सञ्चित नाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित २ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्न इन्स्योरेन्सले माघ २१ गते, होटल दियालो लर्डस प्लाजा, आदर्शनगर, वीरगंजमा १३ औँ वार्षिक साधारण सभा डाकेको छ ।