प्रतिकित्ता ४ सय रुपैयाँमा नेपाल इन्स्योरेन्सको शेयर बिक्रीमा « Arthapath.com
१९ माघ २०७८, बुधबार

प्रतिकित्ता ४ सय रुपैयाँमा नेपाल इन्स्योरेन्सको शेयर बिक्रीमा



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको संस्ताथपक शेयर बिक्री गर्ने भएको छ । प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको नेपाल इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर बिक्री गर्ने भएको हो ।

कम्पनीले बोलकबोल मार्फत ५० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीको उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले प्रुडेन्सियल क्यापिटलको नाममा रहेको उक्त शेयर खरिदका लागि आह्वान गरेको हो । संस्थापक शेयरधनीहरुले खरिद गर्न नचाहेमा मात्रै अन्य लगानीकर्ताहरुका लागि बिक्री खुला हुनेछ ।

कम्पनीले साविकका संस्थापक शेयरधनीहरुलाई ३५ दिन भित्रमा आफुले खरिद गर्न चाहेको कित्ता र मूल्य निर्धारण गरेर कम्पनीको प्रधान कार्यालय कमलादीमा पेश गर्न आह्वान गरेको हो ।


प्रतिक्रिया दिनुहोस्