बलेफी हाइड्रोपावरले माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले आवेदन दिन पाउँछन् ? « Arthapath.com
२० माघ २०७८, बिहीबार

बलेफी हाइड्रोपावरले माघ २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, क–कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा हाल कायम चुक्ता पूँजी १ अर्ब ८२ करोड ७९ लाख रुपैयाँको १० प्रशितशत अर्थात हुने १८ लाख २७ हजार ९७० कित्ता आईपीओ जारी गर्ने भएको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रमा निष्काशन गर्दा यस कम्पनीको वातावरणीय प्रभाव मूल्याक्न प्रतिवेदन बमोजिमको सिन्धुपाल्चोक जिल्लाको बाम्पोजनाबाट प्रभावित क्षेत्रमा कमशः जुगल गाउँपालिका वडा नं.२,३ र ४ (साविकको गोल्चे गाविस, गुम्बा गाविस र पाङताङ गाविस) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ केभि प्रशारण लाइनबाट प्रभावित योग्य कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको बडागातवा र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता शेयर निष्काशन गर्नेछ । साथै आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि छट्याइएको शेयर सम्पूर्ण बिक्री नभएमा शेयर समेत समायोजन गरी सर्वसाधारण (सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुमा समेत) मा निष्काशन गरिनेछ ।

स्थानीय लगानीकर्ताले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा स्थानीय लगानीकर्ताले छिटोमा फागुन १२ गते र सो समयमा पूर्ण बिक्री नभएमा ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले कुमारी बैक जलबिरे शाखा, एनसीसी बैंक बोडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा र लक्ष्मी बैंक खाडिचौर शाखाबाट आवेदन दिन सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्