आजसम्म कायम शेयरधनीले मात्रै शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन पाउने « Arthapath.com
२० माघ २०७८, बिहीबार

आजसम्म कायम शेयरधनीले मात्रै शिखर इन्स्योरेन्सको हकप्रद शेयरमा आवेदन दिन पाउने



काठमाडौं । शिखर इन्स्योरेन्सको ३० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन हो ।

कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज माघ २० गते, बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले मात्र हकप्रद शेयरमा आवेदन दिन पाउनेछन् । भोलि शुक्रबार र पर्सि शनिबार भएकाले आज नै हकप्रद शेयर सुरक्षित गर्नुपर्नेछ ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १०ः३ को अनुपातमा १ सय रूपैयाँ अंकित दरमा ३० प्रतिशत अर्थात ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको हकप्रदलाई ‘एपीआरए’ रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनी समयमा आफ्नो वित्तीय दायित्व पूरा गर्न सक्ने रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्