एचआईडीसीएलले ३ करोड ३० लाख कित्ता शेयर बिक्री गर्दै « Arthapath.com
२० माघ २०७८, बिहीबार

एचआईडीसीएलले ३ करोड ३० लाख कित्ता शेयर बिक्री गर्दै



काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ३ करोड ३९ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ । कम्पनीको यसअघि बिक्री नभएको शेयर फेरि लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो ।

कम्पनीको माघ २० गते बिहान बसेको सञ्चालक समितिको बैठकले कम्पनीले जारी गरेको हकप्रद शेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएको ३ करोड ३० लाख कित्ता शेयर पुनः लिलाम बढाबढ गरी बिक्री गर्ने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्