जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला, कसरी दिने आवेदन ? « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजदेखि बिक्री खुला, कसरी दिने आवेदन ?



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) आज (माघ २१ गते) देखि निष्काशन तथा बिक्री खुला गरिएको छ । जाल्पा सामुदायिक लघुवित्तले आजदेखि ५ करोड रुपैयाँ भन्दा बढीको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई छुट्याईएको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा छिटोमा माघ २५ गते र ढिलोमा फागुन ६ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी १० करोड ७८ लाख रुपैयाँ छ । आईपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी १६ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा रेटिङ्ग नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्