माघ २७ गतेसम्म कायम शेयरधनीले आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा अवेदन दिन पाउने « Arthapath.com
२१ माघ २०७८, शुक्रबार

माघ २७ गतेसम्म कायम शेयरधनीले आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरमा अवेदन दिन पाउने



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्ने प्रयोजनार्थ बुक क्लाृज मिति तय गरेको छ । कम्पनीले हकप्रद प्रयोजनका लागि फागुन १ गते बुकक्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउनेछन् ।

कम्पनीले १ः०.४० अनुपातमा हकप्रद सेयर निष्काशन तथा बिक्री गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्