ग्रीन भेन्चर्सको आईपीओ फागुन २ गतेदेखि निष्काशन गर्ने, क–कसले आवेदन दिन पाउँछन् ? « Arthapath.com
२३ माघ २०७८, आईतवार

ग्रीन भेन्चर्सको आईपीओ फागुन २ गतेदेखि निष्काशन गर्ने, क–कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले स्थानीय सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले फागुन २ गते, सोमबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

कम्पनीको पहिलो चरणमा हाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुने प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र अर्थात खिजिदेम्बा गाउँपालिका १ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका २ (साविक रगनी गाविस), ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका ३ (साविक खिजीचण्डेश्वरी गाबिस), ओखलढुङ्गा, लिखु गाउँपालिका ९ (साविक पोकली गाविस), ओखलढुङ्गा, लिख तामाकोशी गाउँपालिका १ (साविक दरागाउँ गाविस), रामेछाप, लिख तामाकोशी गाउँपालिका २ (साविक सपु गाविस), रामेछाप र उमाकुण्ड गाउँपालिका ७ (साबिक भुजि गाविस) रामेछाप जिल्लाका बासिन्दाहरुका लागि निष्काशन गर्ने भएको हो ।

कम्पनीको आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले छिटोमा फागुन १६ गते र ढिलोमा चैत्र १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नयाँ बानेश्वर काठमाडौँ, ग्रीन भेन्चर्स लिमिटेड, पुतलीसडक, काठमाडौँ, लक्ष्मी बैंक लिमिटेड, मन्थली, रामेछाप, नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, धोबिबजार, लिखु, रामेछाप, मेगा बैंक लिमिटेड, खिजिदेम्बा, ओखलढुङ्गा, मेगा बैंक लिमिटेड, मन्थली, रामेछापबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड भएपछि दोश्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्