जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा साढे १७ लाख भन्दा बढीको आवेदन « Arthapath.com
२३ माघ २०७८, आईतवार

जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा साढे १७ लाख भन्दा बढीको आवेदन



काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा साढे १७ लाख भन्दा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ बजेसम्ममा लघुवित्तको आईपीओमा १७ लाख ५४ हजार ५१७ जनाले २ अर्ब १७ करोड ४९ लाख ४९ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख ४९ हजार ४९० कित्ता शेयरको लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा ४४.५७ गुणा बढी आवेदन हो ।

लघुवित्तले माघ २१ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरमा ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीहरुलाई, र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा माघ २५ गतेसम्म आवेदन दिन सकिनेछन् । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ५ हजार २२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्