आरम्भ चौतारी लघुवित्त २१ प्रतिशत लाभांश घोषणा

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षसम्मको नाफाबाट श्ेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
लघुवित्तको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट २१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
लघुवित्तको हाल कायम चुक्ता पूँजी २८ करोड ६७ लाख ६३ हजार १४८ रुपैयाँ रहेको छ । जसबाट २१ प्रतिशत बोनस शेयर अर्थात ६ करोड २ लाख २० हजार २६१ रुपैयाँ बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात र लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुलाई वितरण गरिने छ ।
