नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार « Arthapath.com
२६ माघ २०७८, बुधबार

नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा निरन्तर गिरावट आएको छ । साताको कारोबारको चौथो दिन आज बुधबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट भएको छ ।

आज नेप्से २२.११ अंकले घटेर दुई हजार ८ सय १३ दशमलब ४७ विन्दुमा झरेको हो । मंगलबार पनि नेप्से १६.३० अंकले घटेर दुई हजार ८ सय ३५ दशमलब ५८ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ३ अर्ब ४७ करोड ११ लाख बराबरको कारोबार भएको छ । मंगलबार ६ अर्ब २८ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्