इमर्जिङ्ग नेपालको आईपीओमा ३१ गुणा बढी आवेदन, कतिले भरे ? « Arthapath.com
२७ माघ २०७८, बिहीबार

इमर्जिङ्ग नेपालको आईपीओमा ३१ गुणा बढी आवेदन, कतिले भरे ?



काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको आईपीओमा ३१ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा १३ लाख ७३ हजार ८०१ जना आवेदकले ६० लाख ८५ हजार २७० कित्ता शेयरको लागि आवेदन दिएका छन् । यो माग गरेको भन्दा ३१.१३ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले माघ २६ गतेदेखि ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सयकित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता सामूहिक लागनी कोषहरुलाई र बाँकी ५ लाख १६ हजार ७०८ कित्ता शेयर सर्वसाधारणलाई छुट्याएको छ ।

कम्पनीले आईपीओमा छिटोमा फागुन १ गते बन्द हुनेछ । इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्