एनआईबिएल समृद्धि फण्ड–१ ले ३ कम्पनीको ऋणपत्र बिक्री गर्दै « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

एनआईबिएल समृद्धि फण्ड–१ ले ३ कम्पनीको ऋणपत्र बिक्री गर्दै



काठमाडौं । एनआईबिएल समृद्धि फण्ड–१ ले आफ्नो स्वामित्वमा रहेका ३ कम्पनीको ऋणपत्र बिक्री गर्ने भएको छ ।

नेपाल बैंकको १२ हजार ५ सय कित्ता, एनआईसी एशिया बैंकको १० हजार कित्ता र ग्लोबल आइएमई बैंकको ५० हजार कित्ता गरी जम्ममा ७२ हजार ५ सय कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो । ऋणपत्र खरिदका लागि न्यूनतम एक हजार कित्ता र सोभन्दा बढी कित्ताका लागि आवेदन दिन सकिनेछ ।

उक्त ऋणपत्र खरिदका लागि इच्छुक खरिदकर्ताहरुले फागुन ८ गते दिउँसो २ बजेभित्र योजना ब्यवस्थापक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्