ब्याजदर बढेपछि शेयर बजारमा १०१ अंकको पहिरो, यी ५ को शेयर मूल्य बढ्दा सबैको घट्यो « Arthapath.com
१ फाल्गुन २०७८, आईतवार

ब्याजदर बढेपछि शेयर बजारमा १०१ अंकको पहिरो, यी ५ को शेयर मूल्य बढ्दा सबैको घट्यो



काठमाडौं । साताको पहिलो दिन शृेयर बजारमा भारि अंकले गिरवाट आएको छ । राजनीतिमा देखिएको हलचलले गर्दा लगानीकर्तामा नकारात्मक प्रभाव परेको देखिन्छ । एकाएक सत्तारुढ दलहरुले प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जवरा विरुद्ध महाअभियोग दर्ता भएपछि त्यसको प्रभाप नेप्सेमा परेको शेयर विश्लेषकहरु बताउँछन् ।

साथै पछिल्लो समय बजारमा तरलता अभाव बढ्दै गएको भन्दै बैंक तथा वित्त कम्पनीहरुले निक्षेपकको ब्याज बढाएपछि पनि शेयर बजारमा प्रभाव परेको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०१.२४ अंकले घटेर २७००.३२ अंकमा बन्द भएको छ ।

आज दिनभरिमा २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर ८१ हजार ८३७ पटक किनबेच हुँदा ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनको चहलपहलले बजारमा तरलता सहज हुने र बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरेका लगानीकर्ता त्यसको विपरित भईरहेको छ ।

आइतबार कुनैपनि समूहमा हरियो देखिँदैन । बैंकिङ्क समूह २.३९ प्रतिशत, ट्रेडिङ समूह २.२६ प्रपतिशत, होटल तथा प्रयटन समूह ३.४९ प्रतिशत, विकास बैंक समूह ४.२३ प्रतिशत, हाइड्रोपावर समूह ५.४७ प्रतिशत, फाइनान्स समूह ४.६५ प्रतिशत, निर्जीवन बीमा समूह ४.२७ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ तथा प्रोसेसिङ समूह ४.६१ प्रतिशत, अन्य समूह ३.१७ प्रतिशत, माइक्रोफाइनान्स समूह ३.४९ प्रतिशत, जीवन बीमा समूह ३.९१ प्रतिशत, म्युचुअल फण्ड समूह ०.९५ प्रतिशत र इन्भेष्टमेन्ट समूह ५.०३ प्रतिशतले शेयर मूल्य घटेको छ ।

आइतबार उपर तामाकोशीको शेयर मूल्य सर्वाधिक ८.३७ प्रतिशतले घटेको छ । त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.२६ प्रतिशत, शिभश्री हाइड्रोको ७.७५ प्रतिशत, विन नेपाल लघुवित्तको शेयर मूल्य ७.५९ प्रतिशत र बुद्धभूमि नेपालको शेयर मूल्य ७.५२ प्रतिशतले घटेको छ ।

यता बजार राताम्य बनेपनि एनआइबिएल समृद्धि फण्ड २ को शेयर मूल्य १.९४ प्रतिशत, सनराइज ब्लुचिफ फण्डको १.१० प्रतिशत, नबिल ब्यालेन्स्ड फण्ड ३ को ण्.७३ प्रतिशत मेगा म्युचुअल फण्ड १ को मूल्य ०.५५ प्रतिशत र लक्ष्मी उन्नति कोषको शेयर मूल्य ०.१९ प्रतिशत बढेको छ ।


प्रतिक्रिया दिनुहोस्