नेप्से सोमबार सामान्य अंकले बढ्यो, ३ अर्ब ६८ करोड ४० लाख बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सोमबार सामान्य अंकले बढेको छ । सोमबार नेप्से सूचकांक ०.८ विन्दुले बढेर दुई हजार सात सय दशमलब ९८ विन्दुमा पुगेको छ । त्यस्तै, कारोबार रकम तीन अर्ब ६८ करोड ४० लाख बराबरको कारोबार भएको छ ।
आइतबार नेप्से १०१.२४ अंकले घटेर दुई हजार सात सय दशमलब ३२ विन्दुमा झरेको थियो । त्यस्तै, आज ५ अर्ब ९७ करोड ७२ लाख बराबरको कारोबार भएको थियो ।
सोमबार बुद्धभूमि जलविद्युतको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । त्यस्तै नेशनल हाइड्रोपवारको सबैभन्दा धेरै ५४ करोड ९१ लाख बराबरको शेयर कारोबार भएको छ ।