नेप्सेमा मंगलबार ४ कम्पनीको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२.६११ प्रतिशत बोनस बापतको २ करोड ५ लाख २ हजार एक सय १८ दशमलव २३ कित्ता सेयर सूचिकृत भएको हो ।
यसैगरी, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस बापतको २० लाख कित्ता सेयर सूचिकृत भएको हो ।
यस्तै, महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७.५ प्रतिशत बोनस बापतको ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएको हो । त्यसैगरी, सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस बापतको ४ लाख ६० हजार ३० दशमलव ६२१ कित्ता सेयर सूचिकृत भएको हो ।