शेयर बजारमा हरियाली, नेप्से परिसूचक ५३.३० अङ्कले बढ्यो

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजारमा हरियाली छाएको छ ।
आज नेप्से परिसूचक ५३.३० अंकले वृद्धि भएर २ हजार ७५४.२८ बिन्दुमा रोकिएको छ भने सेन्सेटिभ इन्डेक्स पनि १०.८३ अंकले वृद्धि भएर ५२२.१३ बिन्दुमा रोकिएको छ ।
आज २२४ धितोपत्र कम्पनीको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँमा खरिद विक्री भएको छ ।
