नेप्सेमा १८ कम्पनीको साढे ८ करोड कित्ता बोनस शेयर सूचीकृत, एनआइबिएलको सबैभन्दा धेरै « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

नेप्सेमा १८ कम्पनीको साढे ८ करोड कित्ता बोनस शेयर सूचीकृत, एनआइबिएलको सबैभन्दा धेरै



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन् कम्पनीको साढे ८ करोड भन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । गत पौष अन्तिम सातादेखि हालसम्ममा विभिन्न २० कम्पनीको ८ करोड ५० लाख १२ हजार ८५८.१९९ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यसबीचमा सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल)को १२.६११ प्रतिशत बोनस शेयर बापत २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता शेयर

१. स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको १० लाख २८ हजार १९८.२४ कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।

२. रु रु जलविद्युत परियोजना कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ४ लाख ७ हजार ७०५.५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजन) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

३. माछापुच्छ्रे बैंक लिमिटेडको १३.३० प्रतिशत बोनस शेयर बापतको १ करोड २० लाख ४० हजार ६१० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

४. गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको १६.९०६४ प्रतिशत बोनस शेयर बापतको १ लाख ४१ हजार कित्ता शसेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको ०.८८ प्रतिशत नगद लाभांश र १६.९० प्रतिशत बोनस शेयर गरी कूल १७.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

५. साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ६ लाख ४२ हजार ४५१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १३२ प्रतिशत नगद लाभांश गरी कुल २६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

६. आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस शेयर बापतको ६ लाख ६७ हजार ८२८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत नगद गरी कुल २६.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

७. कुमारी बैंक लिमिटेडको ६ प्रतिशत बोनस शेयर बापतको ८३ लाख २७ हजार ८४.९० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–०७८ को नाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि २.६७ प्रतिशत नगद गरी कूल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

८. लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापत ६ लाख ४० हजार ९० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तको गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ७.३६८ प्रतिशत नगद गरी कुल २७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

९. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १२.६११ प्रतिशत बोनस शेयर बापत २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्ता पूँजीको १२.६११ प्रतिशत बोनस शेयर र ३.३८९ प्रतिशत नगद लाभांश गरी कूल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१०. मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको २० लाख कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५२ प्रतिशत नगद लाभांश गरी कूल २१.०५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

११. सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको १९ प्रतिशत बोनस शेयर बापतको ४ लाख ६० हजार ३०.६२१ कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद गरि कुल २० प्रतिशत लाभांश वितरण गरेको हो ।

१२. बैंक अफ काठमाण्डू लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको ९६ लाख ५८ हजार १७६.४२९० कित्ता शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१३. लुम्बिनी विकास बैंक लिमिटेडको १३ प्रतिशत बोनस शेयर बापतको ३७ लाख ७८ हजार ३८९.६१ कित्ता शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश वितरण गरेको हो ।

१४. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको ८ प्रतिशत बोनस शेयर बापतको ८२ लाख ५१ हजार ६१३.३४ कित्ता शेयर सूचीकृत भएको होे । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१५. मुक्तिनाथ विकास बैंक लिमिटेडको १७.५७५ प्रतिशत बोनस शेयर बापतको ८४ लाख ५६ हजार ३००.५३ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्षको नाफाबाट १७.५७ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद लाभांश गरी कूल १८.४९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१६. आइसीएफसी फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस शेयर बापतको १० लाख २८ हजार ४९४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । फाइनान्सले गत आर्थिक बर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ४ प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१७. हिमालयन डिस्टिलरी लिमिटेडको ७५ प्रतिशत बोनस बापतको ६५ लाख ७ हजार ७६७.८१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको ७५ प्रतिशत बोनस शेयर र २५ प्रतिशत नगद लाभांश गरी कुल १०० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

१८. महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ४७.५ प्रतिशत बोनस बापतको ४ लाख ७५ हजार कित्ता सेयर सूचिकृत भएको हो । लघुवित्तले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ २.५ प्रतिशत नगर गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्