बुधबार नेप्सेमा ८५ लाख ७२ हजार कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
२० जेष्ठ २०८२, मंगलबार

बुधबार नेप्सेमा ८५ लाख ७२ हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एक वाणिज्य बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

बुधबार स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको १० प्रतिशत बोनस बापतको ८५ लाख ७२ हजार २३०.८१ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएके छ । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ३.०६ प्रतिशत नगद गरी कुल १३.०६ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्