नेप्से दोहोरो अंकले घट्यो, ३ अर्ब २ करोड ६३ लाख बराबरको कारोबार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साता कारोबारको चौथो दिन आज बुधबार दोहोर अंकले घटेर बन्द भएको छ । आज नेप्से सूचकांक १९.८४ विन्दुले घटेर २७३४.४४ अंकमा आइपुगेको छ ।
मंगलबार नेप्से ५३.३० अंकले बढेर दुई हजार सात सय ५४ दशमलब २८ विन्दुमा पुगेको थियो । त्यस्तै, आज नेप्से घटेसँगै कारोबार रकम भने बढ्न सकेको छैन ।
आज ३ अर्ब २ करोड ६३ लाख बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । मंगलबार ३ अर्ब २३ करोड ३३ लाख बराबरको कारोबार भएको थियो ।