मर्चेन्ट बैंकिङ्गबीच कडा प्रतिस्पर्धा, आईपीओ बाँडफाँटमा प्रभु क्यापिटललाई पछ्याउँदै एनआईसी एसिया क्यापिटल

काठमाडौं । लामो समयदेखि नियामक निकाय नेपाल धितोपत्र बोर्ड अध्यक्ष विहीन छ । अध्यक्षविहीन रहेको धितोपत्र बोर्डले आफ्ना नियमित कामकारवाही गर्न सकिरहेको थिएन । जसको चैतर्फी विरोध हुन थालेको छ । नेपाल धितोपत्र बोर्डले विगत ६ महिनादेखि रोकेर राखेको आईपीओ निष्काशन प्रक्रिया माग पहिलो सातादेखि खुला गरेको थियो । अध्यक्ष नुहँदा रोकिएका आईपीओ निष्काशन प्रक्रिया निरन्तर आइरहेका छन् ।
माघ ५ गते बुधबार बसेको सञ्चालक समितिको बैठकले ५ वटा कम्पनीलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति प्रदान गरेको थियो । बोर्डले बलेफी हाइड्रोपावर, ग्रिन भेञ्चर हाइड्रोपावर, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जालपा सामुदायित लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशनको लागि अनुमति दिएको थियो । यी पाचैँ कम्पनीले आईपीओ निष्काशन प्रक्रिया शुरु गरिसकेका छन् ।
जसमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र इमर्जिङ्ग नेपालको आईपीओ बिक्री वितरण भईसकेको छ । अब यी दुई कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत हुन बाँकी छ । तर एक महिनाको अवधिमा यी दुई कम्पनीको आईपीओ निष्काशन गरी बाँडफाँट गर्न क्यापिटलको सक्रियता अब्बल देखिछ । जाल्पा सामुदायिक लघुवित्तको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ भने इमर्जिङ्ग नेपालको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।
प्रभु क्यापिटलले जाल्पा सामुदायिक लघुवित्तको आईपीओमा आवेदन दिने समय बन्द भएको ५ दिनमै बाँडफाँट गर्याे । जुन यति छोटो समयमा नै आईपीओ बाँडफाँट गरेेर चर्चा कमायाे । तर एनआईसी एशिया क्यापिटल पनि पछ्याउँदै छ । एनआईसी एशिया क्यापिटलले आईपीओ आवेदन बन्द भएको ३ दिनमा नै बाँडफाँट सम्पन्न गर्याे ।
यसअघि आईपीओ बाँडफाँट गर्न महिना दिन लगाउने क्यापिटल अहिले ब्यापक प्रतिस्पर्धा गरिरहेका छन् साथै प्रविधिको विकासले गर्दा पनि आईपीओ बाँडफाँट छिटो गरिरहेका छन् । ग्राहकलाई छिटो सेवा दिन क्यापिटल अग्रसर बनेका छन् ।
प्रविधिको विकास भएसँगै बाँडफाँट छिटो गर्न सम्भव भएको प्रभु क्यापिटलका चिफ अपरेटिङ अफिसर (सीईओओ) कृष्ण गिरी बताउँछन् । बजारमा ग्राहकलाई छिटो सर्भिस दिने उद्देश्यले प्रतिस्पर्धा बढेको पनि सीईओओ गिरी बताउँछन् । यसअघि बैंकहरुले सीआश्वा भेरिफिकेशन गर्न बैंकहरुले धेरै समय लगाउने भएपनि ढिलाई हुने थियो । तर बैंकहरुले भेरिफिकेशनको काम आवेदन दिएको दिन वा दोस्रो दिन नै गर्ने भएकाले बाँडफाँट छिटो हुने गरेको गिरीले बताए । भेरिफिकेशनको काम नभएसम्म प्रक्रिया अगाडी बढाउन सकिदैन । बैंकहरुले आवेदन दिएको दिन वा दोस्रो दिन नै भेरिफिकेशन गर्ने भएकाले सहज भएको र डिसक्वालीफाइ गरेपछि योग्य आवेदक तयार पार्ने गरिएको उनको भनाई छ ।
सबै कुराहरु डिजिटाइजेशन भएकाले अझै छिटो हुने सिडिएस एण्ड क्लियरिङ्ग दाबी गर्छ । सबै सिस्टम भेरिफाइड भएर आउने गर्दछ । तर दोहोरो आवेदन परेको छ भने त्यसलाई हेर्ने गरिन्छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आवेदन बन्द भएको दुई दिनमा नै बाँडफाँट गर्न सम्भव हुने दाबी छ । अझ प्रिअलटमेन्ट भएको दिनमा नै अलटमेन्ट गर्न सकिने सिडिएस एण्ड क्लियरिङ्गले बताउँछ । अलटमेन्ट गर्दा सबै कुरा प्रविधिले गर्ने भएकाले निष्पक्ष हुने सिडिएस एण्ड क्लियरिङ्गले जनाएको छ ।