नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकममा पनि घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको अन्तिम दिन आज बिहिबार सामान्य अंकका गिरावट आएको छ । आज नेप्से १.९३ अंकले घटेर दुई हजार सात सय ३२ दशमलब ५२ विन्दुमा झरेको हो ।
त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । आज ४ लाख १७ हजार ४२९ कित्ता सेयर ३४ हजार ३४६ पटक २ अर्ब २७ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।