जीवन लघुवित्तको शेयरमा झुम्मिए लगानीकर्ता « Arthapath.com
८ फाल्गुन २०७८, आईतवार

जीवन लघुवित्तको शेयरमा झुम्मिए लगानीकर्ता



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । लघुवित्तले फागुन ७ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट ७३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.६८ प्रतिशत नगद गरी कुल ७३.६८ प्रतिशत लाभांश वितरण घोषणा गरेको हो ।

लघुवित्तले घोषणा गरेको उक्त लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।

लाभांश घोषणासँगै कारोबार सुरु भएको १ घण्टा १५ मिनेटमा ३७ करोड ६६ लाख रुपैयाँको कारोबार भएको छ भने प्रतिकित्ता २५२ रुपैयाँ बढेर ५२१२ रुपैयाँमा कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्