नेप्सेमा गुराँस लाईफ इन्स्योरेन्स र तीन बैंकको बोनस सेयर सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज (फागुन ८ गते आइतबार) नेप्सेमा तीन बैंकको बोनस सेयर सूचिकृत भएको छ ।
आज नेपाल बंगलादेश बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड र गुराँस लाईफ इन्स्योरेन्स लिमिटेडको सेयर सूचिकृत भएको हो ।
स्टकका अनुसार नेपाल बंगलादेश बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको १ करोड ८ लाख ५ हजार ७ सय ८५ दशमलव ४३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । त्यस्तै, लक्ष्मी बैंक लिमिटेडको ८ प्रतिशत बोनस बापतको ८५ लाख ८६ हजार ५ सय ५१ दशमलव ८९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
सनराइज बैंक लिमिटेडको ६.६५ प्रतिशत बोनस बापतको ६३ लाख ९ हजार ४ सय ८३ दशमलव ०९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । त्यसैगरी, गुराँस लाईफ इन्स्योरेन्स लिमिटेडको ५.५००४ प्रतिशत बोनस बापतको १० लाख ८६ हजार ६ सय ५४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।