पूँजी बृद्धि गर्न नेप्सेले आईपीओ निष्काशन गर्ने ! « Arthapath.com
११ फाल्गुन २०७८, बुधबार

पूँजी बृद्धि गर्न नेप्सेले आईपीओ निष्काशन गर्ने !



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को आफ्नो पूँजी बृद्धि गर्न सर्वसाधारणलाई आईपीओ जारी गर्ने योजना बनाएको छ । अन्य मुलुकका स्टक एक्सचेञ्जले सर्वसाधारणलाई आईपीओ जारी गरिसकेको हुँदा नेप्सेले पनि आईपीओ जारी गर्ने विषय उठाएको हो । ‘नेपाल स्टक एक्सचेञ्जको पूँजी बृद्धि गर्न एउटा आईपीओ पनि हुन सक्छ, पब्लिकमा पनि जानुपर्छ । अर्काे रणनीतिक साझेदारी पार्टनर पनि चाहिन्छ । अहिले १ अर्ब चुक्ता पूँजीबाट ५ अर्ब रुपैयाँसम्म पुर्याउन सकिन्छ’ नेप्सेका एक अधिकारीले भने ।

नेप्सेले आफ्नो पूँजी बृद्धि गर्नको लागि सर्वसाधारणका लागि २५ प्रतिशत साधारण शेयर निष्काशन गर्ने विषय पनि उठान गरेको हो । शेयर स्वामित्व संरचनालाई परिवर्तन गर्न २५ प्रतिशत सर्वसाधारणका लागि छुट्याउने योजना नेप्सेले बनाएको हो ।

नेप्सले आफ्नो बृद्धि विकास र सुधार गर्नको लागि मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ (सीएनआई), चेम्बर अफ कमर्स, मर्चेण्ट बैंकर्स एसोसियसन लगायतसँग सुझाव तथा छलफल चलाएको थियो ।

हाल नेप्सेमा सरकारको ५८.६६ प्रतिशत, राष्ट्र बैंकको १४.६० प्रतिशत, कर्मचारी सञ्चय कोषको १० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.१४ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत र अन्य ०.६० प्रतिशत शेयर स्वामित्व रहेको छ ।

साथै, नेप्सेले विदेशी रणनीतिक साझेदार भित्र्याउने योजना गर्नुको साथै विदेशी साझेदारलाई १५ प्रतिशत शेयर दिने भन्ने प्रस्तावमा पनि छलफल चलाएको छ । त्यस्तै, विगतदेखि नै पुनसंरचनाको विषयमा चर्चा चलेपनि हालसम्म हुन सकेको छैन् । सिडिएस एण्ड क्लियरिङ्गको पनि शेयर निष्काशन गर्ने विषयमा छलफल गरेको छ ।

दक्षिण एशियाका केही एक्सचेञ्जहरूले पछिल्ला केही वर्षहरूमा रणनीतिक साझेदारी भित्र्याएका छन् भने नेप्से र सिडिएसमा रणनीतिक साझेदारी भित्र्याउने योजना बनाएको हो । साथै नेप्सेलाई संस्थाकरण पनि बनाउन लागेको हो ।


प्रतिक्रिया दिनुहोस्