गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको ८ लाख ६४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको १० प्रतिशत बोनस बापतको ८ लाख ६४ हजार कित्ता सेयर सूचिकृत भएको हो ।
फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।