कृषि विकास, सिद्धार्थ र प्राइम कमर्सियल बैंकको ६ करोड ३३ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ? « Arthapath.com
१५ फाल्गुन २०७८, आईतवार

कृषि विकास, सिद्धार्थ र प्राइम कमर्सियल बैंकको ६ करोड ३३ लाख कित्ता बोनस शेयर सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार विभिन्न ३ वटा वाणिज्य बैंकको बोनस शेयर सूचीकृत भएको छ । आइतबार कृषि विकास बैंक, सिद्धार्थ बैंक र प्राइम कमर्सियल बैंकको गरी कूल ६ करोड ३३ लाख ३३ हजार ९९५.००४५ कित्ता बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

कृषि विकास बैंक लिमिटेडको २० प्रतिशत बोनस शेयर बापतको २ करोड १९ लाख ७९ हजार ८५९.६०४५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५६ प्रतिशत नगद गरी कूल २१.०५६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, सिद्धार्थ बैंक लिमिटेडको १४.२५ प्रतिशत बोनस शेयर बापतको १ करोड ५६ लाख २१ हजार २७६.३६ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश गरी कूल १५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, प्राइम कमर्सियल बैंक लिमिटेडको १६ प्रतिशत बोनस शेयर बापतको २ करोड ५७ लाख ३२ हजार ८५९.०४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकल गत आर्थिक बर्ष २०७७–७८ को नाफाबाट चुक्त पूक्ता पूँजीको १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३१३ प्रतिशत नगद गरी कूल १६.६३१३ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्