रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार रकम पनि ओरालै गतिमा « Arthapath.com
२ असार २०८२, सोमबार

रोकिएन नेप्सेको ओरालो यात्रा, कारोबार रकम पनि ओरालै गतिमा



काठमाडौं । सेयर कारोबार साताको चौथो दिन आज बुधबार ओरालो लागेको छ । । केहि दिनदेखि निरन्तर घटिरहेको शेयर बजारमा यो हप्ताको चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबारमा सुधार देखिएन । आज नेप्से ३०.२९ अंकले घटेर दुई हजार ५ सय १४ दशमलब ६५ विन्दुमा रोकिएको हो । त्यस्तै, आज २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको छ ।

यस्तै सेन्सेटिभ इण्डेक्स पनि घटेको छ । सेन्सेटिभ इण्डेक्स ५.४६ अंकले घटेर ४८७.०७ पुगेको छ । यसदिन २२९ कम्पनीको शेयर कारोबार भएको गरेका छन् ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमा १७१ वटा कम्पनी घटेका छन् भने १९ वटा कम्पनी बढेका छन् । यसमध्ये एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा वृद्धि हुने कम्पनीमा माउन्टेन इनर्जी नेपाल रहेको छ । यस कम्पनीको शेयरमूल्य आज ८ प्रतिशतले बढेर प्रतिकित्ता ११३५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, आज विशाल बजार कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, बुद्धभुमी नेपाल हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । यस कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसञ्चार कमपनीकोे भएको छ । यस कम्पनीको आज १० करोड ५२ लाख भन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्