राष्ट्र उत्थान लघुवित्तको २६ लाख कित्ता आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति पायो ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । लघुवित्तको प्रतिकित्ता १ सय रुपैयाँ कायम भएको २६ लाख कित्ता शेयर नेपाल स्टक एक्सेञ्ज (नेप्से) मा सूचीकृत भएको हो ।
लघुवित्तको साधारण तर्फको ८ लाख ५० हजार कित्ता शेयर र संस्थापक तर्फको १७ लाख ५० हजार कित्ता शेयर गरी कूल २६ लाख कित्ता शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।
लघुवित्तको आईपीओको पहिलो कारोबारका लागि पनि ओपनिङ रेञ्ज निर्धारण गरेको छ । नेप्सले पहिलो कारोबार न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसा ओपनिङ रेञ्ज निर्धारण गरेको हो ।
नेप्सले लघुवित्तको शेयर कारोबारका लागि आरयुएलबी (RULB) संकेत तोकिएको छ । लघुवित्तको आइतबारदेखि कारोबार शुरु हुनेछ ।
