एनएलजी इन्स्योरेन्सको १०.५३ % र गरिमा विकास बैंकको १६ % लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Arthapath.com
२ चैत्र २०७८, बुधबार

एनएलजी इन्स्योरेन्सको १०.५३ % र गरिमा विकास बैंकको १६ % लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । विभिन्न २ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । एनएलजी इन्स्योरेन्स कम्पनी र गरिमा विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले १६ औँ वार्षिक साधारण सभा चैत १७ गते, बिहान १०ः३० बजे, आम्रपाली ब्याङ्केट, बालुवाटारमा बोलाएको छ ।

इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजी १ अर्ब २० करोड ६० लाख रुपैयाँको १० प्रतिशत अर्थात १२ करोड ६ लाख रुपैयाँ बोनस शेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत अर्थात ६३ लाख ४७ हजार रुपैयाँ नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने पारित गर्नेछ । इन्स्योरेन्सको १० प्रतिशत बोनस शेयर वितरण पशचात चुक्ता पूँजी १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ पुग्नेछ ।

साथै, सञ्चालक समितिको तर्फबाट अध्यक्षले आर्थिक बर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षको प्रतिवेदनसहतिको लेखापरीक्षण गरिएको २०७८ साल अषाढ मसान्तसम्मको वासलात, आर्थिक बर्ष २०७७–७ड को नाफा–नोक्सान हिसाव र नगद प्रवाह तथा सोसँग सम्वन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने, र आर्थिक बर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने छ ।

इन्स्योरेन्सले साधारण सभा तथा लाभांश प्रयोजनार्थ चैत ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले चैत २ गतेसम्म नेप्सेमा कायम शेयरधनीले मात्रै कम्पनीको साधारण सभामा सहभागीता तथा लाभांश प्राप्त गर्नेछन् । विभिन्न विदाका कारण चैत्र ३, ४ र ५ गतेसम्म नेप्सेमा कारोबार बन्दा हुने भएकाले आज चैत्र २ गतेसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

त्यस्तै, गरिमा विकास बैंकले चैत १८ गते शुक्रबार १५ औं वार्षिक साधारणसभा बोलाएको छ । बैंकको सञ्चालक समितिको फागुन २५ गतेको बैठकले होटल पोखरा ग्राण्ड, बिरोटा, पोखरामा बिहान १०ः३० बजे साधारणसभा बोलाएको हो ।

बैंकको सभाले हाल कायम चुक्ता पूँजीको १६ पतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । गरिमा विकास बैंकले सहरा विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गरिएले प्रस्तावित लाभांशमा तिर्नु पर्ने कर कात्तिक २८ गतेसम्म कायम शेयरधनीको हकमा छुट पाउने छन् । उक्त छुट पाउनका लागि सो मितिभन्दा पछाडी दोस्रो बजारबाट शेयर खरिदविक्री भई कायम शेयरधनीले प्रस्तावित लाभांश बापत नियमानुसार बुझाउनु पर्ने लाभांश कर नगदै भुक्तान गर्नु पर्नेछ ।

सभाले बोनश शेयर वितरणपश्चात कायम हुने कुल चुक्ता पूँजीको ५१ प्रतिशत संस्थापक शेयर कायम गर्न अपुग १ लाख ९ हजार ८११ कित्ता संस्थापक शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ चैत ४ देखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले चैत २ गतेसम्म कामय शेयरधनीले मात्रै बैंकको साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्