राष्ट्र उत्थान लघुवित्तको शेयर मूल्य के भईरहेको छ ?

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार शुरु भएको ६ दिन मात्रै भएको छ । अघिल्लो आइतबार (फागुन २९ गते) बाट लघुवित्तको शेयर कारोबार सुरु भएको थियो ।
६ दिनको अवधिमा लघुवित्तको शेयर मूल्य १३६.४० रुपैयाँ बढेको छ । लघुवित्तको पहिलो कारोबार प्रतिकित्ता ५०२ रुपैयाँमा खुला भएको थियो । नेप्सेले यसको ओपनिङ रेन्ज पनि न्यूनतम १६७ रुपैयाँ ४३ पैसादेखि अधिकतम ५०२ रुपैयाँ २९ पैसा तोकेको थियो । सोही रेन्जको उच्चतम विन्दुबाट कारोबार सुरु भएको थियो ।
हालसम्म लघुवित्तको शेयर मूल्य निरन्तर बढिरहेको छ । सोमबार लघुवित्तको शेयर मूल्य २.७० प्रतिशत बढेको छ ।