मंगलबार भारि अंकले घट्यो शेयर बजार, इमर्जिङ्ग नेपालको शेयर मूल्य १० प्रतिशत घट्यो « Arthapath.com
२२ चैत्र २०७८, मंगलवार

मंगलबार भारि अंकले घट्यो शेयर बजार, इमर्जिङ्ग नेपालको शेयर मूल्य १० प्रतिशत घट्यो



काठमाडौं । शेयर बजारको ओरालो यात्राले निरन्तरता पाएको छ । मंगलबार पनि शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । निरन्तर ओरालो लागिरहेको शेयर बजार मंगलबार पनि निरन्तरता पाएको हो ।

स्थानिय तहको निर्वाचनको चहलपहल शुरु भएपछि शेयर बजार बढ्छ भन्ने मानसिकता लगानीकर्तामा रहेको थियो । तर चुनाव नजिक आउँदै गर्दा पनि शेयर बजार पुन राताम्य स्थितिमा पुगेको छ ।

लामो समयदेखि बजार करेक्सन हुँदै बजार घट्दै आएको छ । लगानीकर्ताको मनोबल बजारमा करेक्सनको डरले छोड्न सकेको देखिदैन । बजारमा तरलता अभाव बढ्नु र ब्याजदर बृद्धिले नै शेयर बजार घटेको शेयर विज्ञहरु बताउँछन् ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६.४६ अंकले घटेर २४५२.०६ अंकमा बन्द भएको छ । यसअघ सोमबार नेप्से परिसूचक १५.९४ अंकले घटेर २४९७.४७ अंकमा बन्द भएको थियो ।

मंगलबार दिनभरिमा २२८ कम्पनीको ५८ लाख ४१ हजार ९९८ कित्ता शेयर ४५ हजार ८९४ पटक किनबेच हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो सोमबार दिनभरिमा २२६ कम्पनीको ३४ लाख २९ हजार ९१७ कित्ता शेयर ३१ हजार ५६७ पटक किनबेच हुँदा १ अर्ब ५८ करोड ४६ लाख ७१ हजार ५६२ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार होटल तथा पर्यटन समूह बाहेक सबै समूहमा राताम्य भएको छ । होटल तथा पर्यटन समूहको शेयर मूल्य ०.५ प्रतिशत बढेको छ ।

यता बैंकिङ समूह १.१५ प्रतिशत, ब्यापार समूह १.८६ प्रतिशत, विकास बैंक समूह १.८९ प्रतिशत, हाइड्रोपावर समूह २.१ प्रतिशत, फाइनान्स समूह २.७२ प्रतिशत, निर्जीवन बीमा समूह २.९१ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह ०.७३ प्रतिशत, अन्य समूह ३.६६ प्रतिशत, माकइक्रोफाइनान्स समूह १.३९ प्रतिशत, जीवन बीमा समूह ३.१ प्रतिशत, म्युचुअल फण्ड समूह १.८ प्रतिशत र इन्भेष्टमेन्ट समूह १.९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, सोमबार राष्ट्र उत्थान लघुवित्त र नेष्डो समृद्ध लघुवित्तको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, इमर्जिङ्ग नेपालको शेयर मूल्य १० प्रतिशतको शेयर मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्