निरन्तर ओरालो लागेको शेयर बजारमा हरियाली छायो, कारोबार रकम भने घट्यो « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

निरन्तर ओरालो लागेको शेयर बजारमा हरियाली छायो, कारोबार रकम भने घट्यो



काठमाडौं । निरन्तर ओरालो लागिरहेको शेयर बजारमा मंगलबार भने हरियाली छाएको छ । बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजिक गर्ने समय भएकाले पनि शेयरमा हरियाली छाएको शेयर विज्ञहरु बताउँछन् ।

राजनीतिक उतारचढावका कारण शेयर बजार निरन्तर ओरालो लाग्दै आएको छ । बजारमा तरलता अभाव कायम रहेकाले पनि बजार करेक्सन हुँदै आएको बताईन्छ । तर अब यी कुराहरुको समाधान तर्फ उन्मुख हुने अनुमानमा लगानीकर्ता रहेका छन् । जसले गर्दा बजार सकारात्मक तर्फ जाने छ ।

पछिल्लो समय आर्थिक संकटको दबाव बढ्दै गएका बेला शेयर बजार पनि निरन्तर ओरालो लाग्दै आएको छ । निर्वाचनको बेलामा बजारमा पैसाको बढी प्रयोग हुने भएकाले शेयर बजारमा पनि रौनकता छाउने आशा लगानीकर्ताको छ ।

अर्थतन्त्र संकट समाधान गर्न सरकारले पहल कदमी चाल्ने र निर्वाचनमा शेयर बजार अझै उचाइमा पुग्ने विश्वासमा लगानीकर्ता रहेका छन् ।

मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ अंकमा बन्द भएको छ । यसअघि हिजो सोमबार नेप्से सूचक ४१.७७ अंकले घटेर २३४३.८७ अंकमा बन्द भएको थियो ।

मंगलबार दिनभरिमा २२९ कम्पनीको ३२ लाख १३ हजार १९५ कित्ता शेयर २७ हजार ८४१ पटक किनबेच हुँदा १ अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९३२ रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो सोमबार दिनभरिमा २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता शेयर३१ हजार ८२५ पटक किनबेच हुँदा १ अर्ब ५३ करोड ६ लाख ९२ हजार ९५६ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

मंगलबार बैंकिङ समूह ०.३८ प्रतिशत, ब्यापार समूह ०.०४ प्रतिशत, होटल तथा पर्यटन समूह १.०४ प्रतिशत, विकास बैंक समूह ०.८२ प्रतिशत, हाइड्रोपावर समूह ०.४३ प्रतिशत, फाइनान्स समूह ०.४५ प्रतिशत, निर्जीवन बीमा समूह ०.५८ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूह ०.४५ प्रतिशत, अन्य समूह १.०९ प्रतिशत, माकइक्रोफाइनान्स समूह ०.७ प्रतिशत, जीवन बीमा समूह ०.७७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.५१ प्रतिशत र इन्भेष्टमेन्ट समूह ०.५३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

मंगलबार नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्सको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै, दिव्येश्वरी हाइड्रोपवारको शेयर मूल्य ८.८२ प्रतिशत घटेको छ ।


प्रतिक्रिया दिनुहोस्