२१ म्युचुअल फण्डको लाभांश: ग्लोबलले १ सय प्रतिशत दिँदा ३ वटाको ५० प्रतिशत, अन्य कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका २७ म्युचुअल फण्ड सूचीकृत भएका छन् । पछिल्लो समय म्युचुअल फण्डमा लगानीकर्ताको आकर्षण बढ्दो छ । गत बर्ष शेयर बजार उल्लेख्य बढेपछि म्युचुअल फण्डका लगानीकर्ताले पनि मनग्य लाभांश प्राप्त गरेका छन् । गत आर्थिक बर्ष २०७७–७८ मा २१ वटा म्युचुअल फण्डले मात्रै इकाईधनीहरुलाई लाभांश वितरण गरेका छन् ।
गत आर्थिक बर्ष २०७७–७८ मा सबैभन्दा धेरै लाभांश वितरण गर्नेमा ग्लोबल आइएमई समुन्नत योजना रहेको छ । उक्त फण्डका इकाईधनीहरुले १०० प्रतिशत लाभांश प्राप्त गरेका छन् । यता सबैभन्दा कम लाभांश सानिमा लार्ज क्यापले इकाईधनीहरुलाई ४ प्रतिशत मात्र लाभांश वितरण गरेको हो । सानिमा लार्ज क्यापले अघिल्लो बर्षको माघ महिनामा मात्रै फण्ड जारी गरेको थियो ।
एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको एनआईसी एशिया क्यापिटल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटै सामूहिक लगानी कोष्ले लाभांश वितरण गरेको छ । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्सड् फण्डका इकाईधनीहरुलाई ३० प्रतिशत (कर सहित) र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) वितरण गरेको हो ।
त्यस्तै, कुमारी सामूहिक लगानी कोष अन्तर्गत कुमारी इक्विटी फण्डको कुमारी क्यापिटल लिमिटेडले ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गरेको हो ।
त्यस्तै, लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी इक्विटी फण्ड र लक्ष्मी उन्नति कोषले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाइधनीहरुलाई लाभांश वितरण गरेको हो । लक्ष्मी इक्विटी फण्डको ३५ प्रतिशत नगद लाभांश (करसहित) र लक्ष्मी उन्नति कोषको २५ प्रतिशत लाभांश वितरण गरेको हो ।
त्यस्तै, एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगति फण्ड, एनआईबिएल समृद्धि फण्ड–१ र एनआईबिएल सहभागिता फण्डले गत आर्थिक बर्षका लागि लाभांश वितरण गरेको छ । एनआईबिएल प्रगति फण्डले ५० प्रतिशत, एनआईबिएल समृद्धि फण्ड–१ ले ३५ प्रतिशत र एनआईबिएल सहभागिता फण्डले ५० प्रतिशत लाभांश वितरण गरेको हो ।
त्यस्तै, सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले लाभांश प्रदान गरृकाृ छ । गत आर्थिक बर्षको नाफाबाट सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले इकाईधनीहरूलाई ३०–३० प्रतिशत लाभांश वितरण गरेको हो ।
त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले गत आर्थिक बर्षको नाफाबाट इकाईधनीहरुलाई ४०–४० प्रतिशतका दरले लाभांश वितरण गरेको हो ।
त्यस्तै, नबिल ब्यालेन्स फण्ड–२ र नबिल इक्विटी फण्डले गत आर्थिक बर्षको मुनाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गरेको छ । नबिल ब्यालेन्स फण्ड–२ ले ३५ प्रतिशत र नबिल ईक्विटी फण्डले ४० प्रतिशत लाभांश वितरण गरेको हो ।
त्यस्तै, एनएमबि हाईब्रिड फण्ड एल–१ ले २० प्रतिशत र एनएमबि ५० ले ३० प्रतिशत लाभांश दिएको हो । त्यस्तै, सानिमा इक्विटी फण्डले ३३ प्रतिशत र सानिमा लार्ज क्याप फण्डले ४ प्रतिशत लाभांश वितरण गरेको हो । त्यस्तै, सनराइज फस्र्ट म्युचुअल फण्डले पनि इकाईधनीहरुलाई ५० प्रतिशत लाभांश वितरण गरेको हो ।
