शुक्रबार पनि शेयर बजार खुलाउन नेप्सेलाई बोर्ड दियो निर्देशन, अब सातामा ६ दिन सेयर काराेबार हुने « Arthapath.com
२३ बैशाख २०७९, शुक्रबार

शुक्रबार पनि शेयर बजार खुलाउन नेप्सेलाई बोर्ड दियो निर्देशन, अब सातामा ६ दिन सेयर काराेबार हुने



काठमाडौं । जेठ महिनादेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । सरकारले जेठ महिनादेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) शुक्रबार पनि शेयर बजार खुलाउने निर्णय गरेको हो ।

सेबोनका अध्यक्ष रमेशकुमार हमालले अनुसार शुक्रबार शेयर बजार खुलाउन निर्देशन दिइसकेको र थप आवश्यक प्रक्रियाबारे कार्य गरि रहेको बताए । यस अघि आइतबारदेखि बिहीबारसम्म ५ दिनमात्र सेयर कारोबार हुने गरेकोमा सरकारले आइतबार पनि सार्वजनिक बिदा दिने निर्णय गरेसँगै ४ दिन मात्र शेयर बजार खुल्ने आंशका रहेको थियो । सरकारको आइतबार सार्वजनिक बिदा दिने निर्णय अनुसार नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको साटो शुक्रबार सेयर कारोबार खोल्ने विषयमा छलफल गर्दैआएको थियो ।

सेबोनले ५ दिन नै शेयर बजार खुलाउनको लागि शुक्रबार बजार खुलाउन नेप्सेलाई निर्देशन दिएको हो । हाल सेयर बजार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुल्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्