४ कम्पनीको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए-गुमाए

काठमाडौं । साताको तेस्रो नेप्सेमा हरियाली छाएको छ । नेपाल एक्सचेञ्च (नेप्से) ४४.१६ अकंले बढेर २३१३ बिन्दुमा बन्द भएको छ । साताको दोस्रो दिन नेपाल एस्सचेञ्च (नेप्से) १२.२७ अकंले बढेर २२६८.८४ बिन्दुमा बन्द भएको थियो ।
पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर किनबेच भएको छ । आज नेप्से उच्च अकंले बढ्दा कारोबार १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६८ रुपैयाँमा सिमित भएको छ ।
आज नेप्से उच्च अकंले बढ्दा कारोबार खुम्चिए पनि ४ कम्पनीको शेयरमा सर्किट लागेको छ । बरुण हाइड्रोपावर, ङादी गु्रप पावर, जाल्पा समुदायिक लघुवित्त र यूर्निर्भसल पावरको शेयरमा सर्किट लागेको छ । दिव्यशोवरी हाइड्रोपावरको ९.१७ प्रतिशत र नेशनल हाइड्रोपावरको ९.०८ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, आज सर्वाधिक गुमाउने कम्पनीमा एनआईबिएल समृद्धि फण्ड २ रहेको छ । कम्पनीले आज ४.८२ प्रतिशतले बढेको छ । मंगलबार उन्नती सहकार्य लघुवित्तको २.५२ प्रतिशत, नबिल डिबेञ्चरको १.९६ प्रतिशत र कृषि बैंक डिबेञ्चरको १.९५ प्रतिशतले घटेको हो ।
