नेप्से ८४.९० अकंले घट्दा कारोबार १ अर्ब ६४ करोडमा सिमित, १३ वटै उपसूचक राताम्य « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेप्से ८४.९० अकंले घट्दा कारोबार १ अर्ब ६४ करोडमा सिमित, १३ वटै उपसूचक राताम्य



काठमाडौं । ४ दिन पछि खुलेको शेयरमा बजार आज राताम्य भएको छ । साताको तेस्रो दिन नेप्से ८४.९० अकंले घटेर २२६५.५२ अकंमा बन्द भएको छ । अघिल्लो कारोबारको दिन भने नेप्से १८.६४ अकंले घटेर २३५०.४२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२१ कम्पनीको ३५ लाख ९५ हजार ७४८ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६४ करोड ४० लाख ९६ हजार १९२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २८८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता शेयर किनेबच हुदाँ २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७२ रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार नेप्से राताम्य हुदाँ कारोबार समेत खुम्चिएको छ । कारोबार १ अर्ब ६४ करोड रुपैयाँमा खुम्चिदा सबै उपसूचकमा राताम्य भएको छ ।

आज बैंकिङ समूहको २.३९ प्रतिशत, ब्यापार समूहको २.९५ प्रतिशत, होटल तथा पर्यटन समूहको २.५८ प्रतिशत, विकास बैंक समूहको ४.०१ प्रतिशत, हाइड्रोपावर समूहको ५.२८ प्रतिशत, फाइनान्स समूहको ५.७५ प्रतिशत, निर्जीवन बीमा समूहको ४.६९ प्रतिशत, म्यानुफ्याक्ट्ररिङ एण्ड प्रोसेसिङ समूहको २.०३ प्रतिशत, अन्य समूहको ५.८३ प्रतिशत, माइक्रोफाइनान्स समूहको २.९८ प्रतिशत, जीवन बीमा समूहको ४.९८ प्रतिशत, म्युचुअल फण्ड समूहको १.५८ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ३.३७ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्